हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन

images
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्।

    सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशन दिएका हुन्। 

    'अहिले चुनावको बेला अब दसौं दिनमा छ। यतिबेला म देशभरिको हाम्रो पार्टीलाई भन्न चाहन्छु। गाउँ गाउँमा टोल टोलमा सुरक्षा समिति बनाउनुस्। चुनावका लागि पार्टी कमिटीलाई निर्देशन- हरेक बुथमा कमसेकम ३० जना भोलेन्टियर एउटा बुथमा निर्माण गर्नुस्,' उनले भने।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend