काठमाडाैं । गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरूबीच बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार समितिले दुर्घटनाको कारण पत्ता लगाउने, दोषीउपर कारबाही गर्ने तथा मृतकलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि काम गर्नेछ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान सवा १ बजे उक्त स्थानमा त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएकाे छ ।
.jpg)
