काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १८ पुगेको छ । २५ जना घाइते भएका छन् ।
मध्यराति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा यात्रुवाहक बस त्रिशुली नदीमा खसेको थियो ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। घाइते २५ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
दुर्घटना राति भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीहरूले बताएका छन् । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।
.jpg)
