काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार २७ अंककाे गिरावट आएको छ ।
आज नेप्से परिसूचक २७ दशमलव ५९ अंकले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।
आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको छ ।
यसदिन सबै समूहको उपसूचक आज रातो देखिएको छ । आइतबार सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ ।
.jpg)
