काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छिन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवा आज (आइतबार) बिहान दिल्ली प्रस्थान गरेकी हुन् ।
आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावको मुखैमा आरजु राणा देउवाको दिल्ली प्रस्थानलाई राजनीतिक बृतमा चासोका साथ हेरिएको छ । नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिहरुले दावी गरेजस्तो लहर, कांग्रेसमा विशेष महाधिवेशनबाट पाखा लगाइएका देउवा पक्षधर नेताहरुको चुनावमा देखिएको मौनताका बीच आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी हुन् ।
उनले दिल्लीमा आफनो स्वास्थ्य चेकजाँच गर्ने बताइएपनि चुनावको मुखैमा उनले त्यहाँका सरकारमा रहेका पार्टीका विभिन्न नेता, वुद्दिजिविहरुसँग छलफल गर्ने बताइएको छ । देउवा दम्पक्ति चुनावमा सक्रिय नभएपनि चुनावलाई नजिकबाट नियालिरहेका छन् ।
कांग्रेसले परिणाम आफु अनुकुल ल्याउन नसके त्यसको जस सभापति गगन थापालाई दिएर गुमेको पार्टी सत्ता फेरि आफुहरुको पक्षमा नै ल्याउन सक्ने बुझाईमा देउवा पक्षधर नेताहरु छन् । जसकाकारण पनि उनीहरुले अवको १० दिनपछि हुने चुनावलाई नजिकबाट नियालिरहेका छन् । यस्तो बेला आरजुको दिल्ली भ्रमणलाई पनि अर्थपूर्ण रुपमा हेरिनुपर्ने राजनीतिक वृत्तमा चर्चा छ ।
गत भदौं २३ र २४ को जनेजी आन्दोलनका बेलाउनी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिइन् ।
त्यसबेला उनी आफ्नै निवास बुढानिलकन्ठमा श्रीमान देउवासँगै कुटिएकी थिइन् । पार्टीभित्रै पनि गगन थापाहरुले विशेष महाधिवेशन गरेपछि राजनीतिमा देउवा दम्पती किनारामा पारिएको छ ।
देउवा र उनकी पत्नी डा आरजु राणा देउवा दुवै यसपटकको चुनावमा चुनाव लड्न चाहान्थे । तर सभापति गगन थापाले उनीहरुसँग परामर्श समेत नगरी कांग्रेसको आधिकारिकता निर्वाचन आयोग लगायतमा सेटिङ गरेर कब्जा जमाएको र टिकट समेत नदिएको देउवा पक्षको आरोप छ ।
त्यसपछि नै उनीहरु चुनावमा त्यक्ति सक्रिय देखिएका छैनन । यधपी, चुनावलाई चासो भने नजिकबाट दिएर हेरिरहेका छन् । यही मेसोमा आरजुको दिल्ली प्रस्थान भएको हो । उनी आज बिहान साँढे ७ बजे एयर इन्डिया एयरलाइन्सको एआई २१६ नम्बरको जाहाजबाट दिल्ली प्रस्थान गरेकी हुन् । उनको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
.jpg)
