सहाराले १२ वर्षपछि चुम्यो पोखरा गोल्डकपको उपाधि

सहाराले १२ वर्षपछि चुम्यो पोखरा गोल्डकपको उपाधि

images
शनिवार, फाल्गुण ९ २०८२
  • कास्की । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । 

    पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो । 

    च्याम्पियन बनेको सहाराले ट्रफीसहित रु १४ लाख एक हजार पुरस्कार पाउँदा उपविजेता जावलाखेलले रु सात लाख एक हजार र ट्रफीमा चित्त बुझायो । 

    सहाराले विसं २०७० मा पहिलोपटक उपाधि जितेको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend