निर्वाचनमा खटिएका प्रहरीको मृत्यु

निर्वाचनमा खटिएका प्रहरीको मृत्यु

images
शुक्रवार, फाल्गुण ८ २०८२
  • बैतडी । प्रतिनिधिसभा निर्वाचनमा खटिएका नेपाल प्रहरीतर्फका एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । 

    प्रहरीका अनुासर दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो । 

    आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा  भेटिएका महादेवलाई उपचारका लागि  जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

    सदरमुकाम नजिक घर भएका निर्वाचन प्रहरी घरबाटै ड्युटी गर्न आउँछन् । ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    उनको शव परीक्षणका जिल्ला अस्पतालमा रहेको र भोलिमात्रै परीक्षणको काम हुने अस्पताल प्रशासनले जनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend