काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटलाई निर्वाचनपछिको तारिख दिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनको सुनुवाइका लागि मिति तय भएको छैन । अदालतले उक्त विवादमा साधारण तारिख यही फागुन २२ गतेका लागि तोकेको हो ।
संसद् विघटनविरुद्ध परेको रिट निवेदनमा गत कात्तिक १२ गते संवैधानिक इजलाससमा सुनुवाइ गरी बाटोको म्यादबाहेक सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । विपक्षीहरूबाट लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।
.jpg)
