काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा चुनावका लागि ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ ।
बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभा कार्यक्रममा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संयुक्त रुपमा चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेका हुन् ।
कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–सङ्क्षेपमा प्रस्तुत गरिएको छ । पार्टीले प्रतिज्ञापत्रलाई ‘कांग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्याख्या गरेको छ ।
यस्ता छन् १० भिजन
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्नसक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्किने नेपाल
.jpg)
