आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

images
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौं ।  शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष, छार अर्थात नयाँ। ल्होसारलाई शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउँछन्।

    ल्होसारको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ। 

    पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिने गरिन्छ।

    ल्होसारको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend