काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोडे । त्यस्तै गुल्सन झाले अविजित २४ रन जोडे ।
नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो । यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।
.jpg)
