काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्ड ले नेपाल लाई १७१ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशाला मा सम्पन्न खेलमा टस जितेर बलिङ रोजेको नेपालसामु पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो।
स्कटल्यान्डका ओपनर माइकल जोन्स ले आक्रामक अर्धशतक प्रहार गर्दै नेपाली बलरमाथि दबाब सिर्जना गरे। उनले ४५ बलमा ७१ रन बनाउने क्रममा ८ चौका र ३ छक्का प्रहार गरे। जोन्सले अर्का ओपनर जर्ज मुन्से सँग मिलेर पहिलो विकेटका लागि ८० रनको उत्कृष्ट साझेदारी गरेका थिए।
नेपालका कप्तान रोहितकुमार पौडेल ले दशौं ओभरको अन्तिम बलमा मुन्सेलाई २७ रनमा आउट गर्दै उक्त साझेदारी तोडे। रिभर्स स्विप गरेका मुन्सेलाई लङअनमा सन्दीप जोरा बाट क्याच गराएका थिए।
पावरप्ले ६ ओभरमा स्कटल्यान्डले विकेट नगुमाई ५२ रन बनाउँदै सशक्त सुरुआत गर्यो। जोन्स आक्रामक देखिँदा मुन्सेले सम्हालिएको ब्याटिङ गरेका थिए। दोस्रो विकेटका लागि जोन्स र ब्रान्डन म्याकमुलेन बीच ५२ रनको साझेदारी भयो।
१४औं ओभरमा म्याकमुलेनको क्याच सन्दीप जोराले छाडेपछि नेपाल दबाबमा परेको थियो। त्यसबेला स्कटल्यान्डको स्कोर ११० रन पुगेको थियो। तर नेपालले १६औं ओभरमा खेलमा पुनरागमन गर्यो। सोमपाल कामी ले जोन्सलाई बोल्ड गरेपछि अर्को बलमै म्याकमुलेनलाई उत्कृष्ट एकहाते क्याचमार्फत आउट गरे।
१७औं ओभरमा कुशल भुर्तेल को बलमा रिची बेरिङटन को क्याच लोकेश बम ले छाडे पनि दुई बलपछि बेरिङटन १० रनमै आउट भए।
१८औं ओभरमा नन्दन यादव ले म्याथ्यु क्रस लाई योर्करमार्फत बोल्ड गरे। १९औं ओभरमा सोमपालले टम ब्रुस लाई पाँच रनमै पेभिलियन फर्काए। अन्तिम ओभरमा नन्दनले माइकल लिक्स लाई विकेट पछाडि आउट गरे भने अन्तिम बलमा मार्क वाट ले छक्का प्रहार गरे।
नेपालले अन्तिम पाँच ओभरमा ६ विकेट लिँदै मात्र ३९ रन खर्चिनु बलिङको ठूलो उपलब्धि रह्यो।
बलिङतर्फ सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलको नाममा एक–एक विकेट रह्यो। मुख्य स्पिनर सन्दीप लामिछाने भने विकेटविहीन रहे।
यस खेलमा नेपालले करण केसीको स्थानमा सन्दीप जोरालाई टोलीमा समेटेको थियो। समूह ‘सी’ बाट नेपाल र स्कटल्यान्ड दुवै प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेललाई प्रतिष्ठाको लडाइँ को रूपमा हेरिएको छ।
.jpg)
