काठमाडौं । चुनाव विथोल्ने गतिविधिमा संग्लन्न भएको आशंकामा प्रहरीले काठमाडौंबाट आज नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले यही आरोपमा दुर्गा प्रसाईंलाई पनि पक्राउ गरेको थियो ।
नेकपा बहुमतका महासचिव बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
‘उहाँ अहिले हाम्रो कस्टडीमा हुनुहुन्छ’ उनले भने ।
फागुन २१ गतेको चुनाव नेकपा बहुमतले बहिष्कार गर्ने निर्णय गरेको छ । निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ ।
.jpg)
