काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले आफनो राजनीतिक जीवनको चालिस वर्षमा ९ पार्टी चाहारेका छन् । नेकपा एमाले नै उनले पटक पटक छोड्ने र फेरि जोडिने गरी चार पटक चाहारेका थिए ।
त्यस्तै नेपाली कांग्रेस पनि उनले दुई पटक चाहारिसकेका छन् । आजै (फागुन ५) मा उनले कांग्रेस फर्किएको सघोषणा गरेका छन् । सुरुमा तत्कालिन अवस्थाको नेपाल कम्युनिष्ट पार्टी (मानन्धर) समुहबाट राजनीति शुरु गरेका उनले कहिले एमाले, कहिले माले कहिले कांग्रेस, कहिले मधेसी जनअधिकार फोरम त कहिले लोकतानित्रक फोरमसम्मको पार्टी प्रवेश गरेर लाभका पद लिँदै आएका छन् ।
केही समय अगाडी मात्रै उनले नेकपा एमाले छोडेको घोषणा गरेका थिए । त्यसपछि उनी कुन पार्टीमा आखाँ डुलाईरहेका छन् भन्ने मधेसका मानिसहरुले विशेषगरी चासो राख्दै आएका थिए । तर आज फागुन ५ मा उनले कांग्रेस फर्केको घोषणा गरेका हुन् ।
उनले वक्तब्य जारी गरेर कांग्रेस फर्केको घोषणा गरेका हुन् ।
नेकपा मानन्धर समूहबाट राजनीति थालेका जितेन्द्र देव त्यसपछि लगत्तै नेकपा एमालेको केन्द्रीय सदस्य बनेका थिए । नेकपा एमाले र मालेको विभाजनमा उनी बामदेव गौतम समुहतिर लागे । त्यसपछि उनी एमाले फुटेर बनेको मालेको नेता बने ।
उनी माले रहुन्जेल बामदेव गौतमसँगै मालेमै रहे । जव गौतम एमाले फर्किए, उनी पनि एमालेमै फर्किएका थिए ।
बनेपछि वामदेव गौतमसँगै लागेका देव २०५८ मा एमालेमा फर्किएपछि उनी २०५९ सालमा सम्पन्न भएको एमालेको सातौं महाधिवेशनबाट पराजित भए । त्यसपछि फेरि उनले एमाले छोडेको घोषणा गरे । केही समयमै फेरि उनी एमालेमै फर्किए ।
एमालेमा फेरि क्रियाशील भएको केही समयमै २०६३ सालको मधेश आन्दोलनपछि उनी एमाले छाडेर मधेशी जनअधिकार फोरममा लागेका थिए । यो पार्टी उपेन्द्र यादवको नेतृत्वमा निर्माण भएको थियो । पछि यसलाई जनता समाजवादी पार्टीका रुपमा अहिले लिइन्छ । ततकालिन फोरम पनि एउटै ढिक्का रह्न सकेन । सरकार गठन विघटनको चक्रममा यो पार्टी विभाजित हुन पुग्यो ।
विजय गच्छेदार लगायत नेताहरुको पहलमा फोरम विभाजन भएर लोकतान्त्रिक फोरम पार्टी जन्मियो । उनी पनि लोकतान्त्रिक फोरममा लागे । त्यसपछि उनी लोकतानित्रक फोरमबाट सांसद र मन्त्रीसम्म भए ।
जव संविधान निर्माण भयो, उनी उक्त पार्टीमा पनि रहन सकेनन । उनी विजय गच्छेदारहरुसँगै कांग्रेसमा प्रवेश गरे । उनी २०७४ मा नेपाली कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल बिताए । उनी राष्ट्रिय सभाको सदस्यको पदावधी सकिएसँगै फेरि एमालेमा प्रवेश गरे ।
केही समय एमालेमा रहेका उनले केही साता अगाडी मात्रै एमाले छोडेको वक्तब्य दिए । त्यसपछि उनले फेरि कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् ।
जितेन्द्र देवलाई मधेसमा सबैभन्दा बढी पार्टी चाहार्ने नेताका रुपमा चिनिन्छन् । जहाँ अवसर आउँछ, उनी त्यही पार्टीमा प्रवेश गर्ने र लाभको पद लिईहाल्ने नेताका रुपमा चिनिन्छ ।
कांग्रेसमा गगन थापाहरुले पार्टीभित्रै विद्रोह गरेर नयाँ नेतृत्व चयन गरेपछि उनले कांग्रेसमा लाभ लिनसक्ने देखेका छन् । त्यसपछि उनले आज कांग्रेस फर्किएको घोषणा गरेका हुन् ।
.jpg)
