पटक-पटक किन समातिन्छन् दुर्गा प्रसाईं ?

पटक-पटक किन समातिन्छन् दुर्गा प्रसाईं ?

images
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौं । विवादास्पद मेडिकल ब्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । गत भदौं २३ र २४ को जनेजी आन्दोलनपछि मात्रै उनी चौथो पटक पक्राउ परेका हुन् । त्यस अगाडी पनि उनी वेला बेला पक्राउ पदैं आएका थिए । 

    पछिल्लो पटक उनी सोमबार बेलुकी भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले प्रसाईं पक्राउ परेको पुष्टि गरेका छन् । अहिले उनलाई जिल्ला प्रहरी परिसर   काठमाडौंमै राखिएको छ । 


    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजकका रुपमा उनी बेला बेला अनेक फण्डाका कारण चर्चामा आईरहेका छन् । उनलाई पछिल्लो पटक चुनाव विथोल्ने अभिब्यक्ति दिएका कारण पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । निर्वाचन आयोगले प्रसाईंलाई आचार संहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतको भनाई छ । 

    यस अगाडी पनि उनी पक्राउ पदैं आएका थिए । यस अगाडी उनी माघ २३ मा दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।
    त्यसबेला काठमाडौंबाट निजी कारमार्फत पर्साको वीरगञ्जतर्फ जाँदै गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीको टोलीले पक्राउ गरेको थियो । सुरुमा प्रसाईंले गिरफ्तारी दिन मानेका थिएनन् । ‘म किन जाने पक्राउ पुर्जी दिनुस्’ भन्दै डीएसपी बुढाथोकीलाई प्रतिप्रश्न गरेका थिए ।


    डीएसपी बुढाथोकीको टोलीले ‘पक्राउ पुर्जी छ’ भनेपछि प्रसाईं आफ्नै गाडीमा जान तयार भए । तर प्रहरीकै गाडीमा जानुपर्ने अडान डीएसपी बुढाथोकीले राखेपछि बाध्य भएर प्रसाईं प्रहरीको गाडीमा चढेर पक्राउ दिएका थिए ।  त्यसबेला पक्राउ पर्नु अघिल्लो साँझमात्रै उनले तीन घण्टा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।

    त्यसपछि फेरि सोमबार (४ फागुनमा) उनी पक्राउ परेका हुन् । 

    जेनजी आन्दोलनपछि उनी पहिलो पटक गत मंसिर २ गते मध्यरातमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।  नागरिक स्वतन्त्रताका नाममा सार्वजनिक शान्ति भंग गरिरहेको र अभिव्यक्ति स्वतन्त्रताका आडमा प्रसाईंले गरेका क्रियाकलाप सार्वजनिक शान्ति भंग हुने खालका र अफवाह फैलिने खालका भएकाले अनुसन्धान गर्न भन्दै त्यसबेला उनलाई पक्राउ गरिएको थियो । त्यसबेला उनी ८ मंसिरमा सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भए। 

    त्यसपछि दोस्रो पटक उनी माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । ३ माघमा भक्तपुरको कमेरेटारस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशनपछि चुनिएको नयाँ नेतृत्वको नेपाली कांग्रेसको आधिकारिकता विवादमा ५२ करोड रुपैयाँ लेनदेन भएको आरोप लगाएका थिए। ‘५२ करोड रुपैयाँमा साथीहरूले रूख र चार तारा पाए,’ उनले भनेका थिए।। प्रमाण भन्दै २३ सेकेन्डको भिडिओ पनि देखाएका उनीविरुद्ध अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई निर्देशन दिएपछि उनी पोखरामा पक्राउ परे। तर, एक दिनपछि नै धरौटी बुझाएर उनी मुक्त भए। 

    तेस्रो पल्ट चाल्नाखेलबाट पक्राउ परेका उनी चौथो पटक फागुन ४ मा फेरि पक्राउ परेका हुन् । 
    उनले पछिल्लो पटक विवादास्पद अभिब्यक्ति दिँदै आएका मात्र थिएनन, कतिपय भिडियो नै बनाएर समेत कुनै अमुक राजनीतिक दलमाथी लाच्छना समेत लगाउँदै आएका थिए । यस्तो लाग्छ कि पक्राउ पर्नु र छुट्नु प्रसाईंका लागि कुनै अस्वाभाविक र अप्रत्याशित घटना होइन।  

    प्रसाईं २०८१ चैत १५ को तिनुकेन घटनापछि पनि भारतबाट पक्राउ परेका थिए । तीनकुने घटनाभन्दा अगाडि २०८१ मंसिर ४ गते पनि प्रसाईं पक्राउ परेका थिए । त्यसबेला भने उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

    त्यति बेला उनलाई साइबर अपराध कसुरमा मुद्दा चलाइएको थियो। प्रसाईंले कम्बोडियाको टेलिकममा ओलीको साढे ३२ अर्ब रूपैयाँ लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।

    प्रसाईं पहिलो पटक पक्राउ परेको भने २०८१ असोज ६ गते हो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend