सेयर बजारमा ८ अंककाे गिरावट, कारोबार रकम ७ अर्ब ९४ करोड

सेयर बजारमा ८ अंककाे गिरावट, कारोबार रकम ७ अर्ब ९४ करोड

images
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ ।

    साेमबार नेप्से परिसूचक आठ दशमलव १६ अंकले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा कायम भएको हाे ।

    आज ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८० हजार ५५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको छ ।

    साेमबारकाे कारोबारमा वित्त समूह शून्य दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव ४३ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend