एनआईसी एसिया बैंकले ल्यायो स्थिर ब्याजदरमा १० करोडसम्मको कर्जा योजना

एनआईसी एसिया बैंकले ल्यायो स्थिर ब्याजदरमा १० करोडसम्मको कर्जा योजना

images
शनिवार, फाल्गुण २ २०८२
  • काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूको आवश्यकता पूरा गर्न १० करोडसम्म घर कर्जा प्रदान गर्ने ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ।

    बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजनाअन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने भएको हो। 

    न्यूनतम २५ लाखदेखि अधिकतम १० करोडसम्म प्रदान गरिने यस एनआईसी एसिया साथी घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ। 

    घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ। 

    साथै, यस योजनाअन्तर्गत घर कर्जा लिने ग्राहकहरुले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्ने बैंकले जनाएको छ। 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend