मतपत्र छपाइ अन्तिम चरणमा, आइतबारसम्म सकिने

मतपत्र छपाइ अन्तिम चरणमा, आइतबारसम्म सकिने

images
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडाैं । आउँदाे फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । 

    दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने केन्द्रले जनाएकाे छ। 
     
    केन्द्रका अनुसार कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुनेछ ।

    उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा छपाइमा केही दिन ढिला भएको जनाइएकाे छ । छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी सुरु गरिएको केन्द्रले जनाएकाे छ। 
     
    केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमुना मतपत्र निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी जिल्ला जिल्लामा ढुवानी सुरु भइसकेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend