काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । मुम्बईको वानखेडे स्टेडियममा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।
इटालीका लागि एन्थोनीले ३२ बलमा ६ छक्का र २ चौकाको मद्दतले अविजित ६२ रनको योगदान गरे । यसैगरी जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६० रन बनाए ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।
.jpg)
