काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम १ फागुनबाट लागु हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत २६ माघको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको थियो ।
.jpg)
