रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु

रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु

images
मंगलवार, माघ २८ २०८२
  • रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका छन् । 

    काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो । 

    प्रहरीका अनुसार घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend