धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

images
सोमवार, माघ २७ २०८२
  • जनकपुरधाम। धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीप कुमार यादवको निधन भएको छ।

    गत बिहीबार राति मस्तिष्कघात भएपछि उनलाई जनकपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो। अवस्था जटिल बनेपछि थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।

    उपचारका क्रममा आज काठमाडौंको नर्भिक अस्पतालमा मेयर यादवको निधन भएको हो। उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend