काठमाडाैं । नेकपा एमालेको खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।
श्रेष्ठसहित बिमला ज्ञवाली, बैंकर्स तथा अधिवक्ता सबिना वाग्ले लगायत दर्जनौं एमाले छाडेर नेकपामा प्रवेश गरेका हुन् । साथै नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाल पनि पार्टीमा भित्रिएका छन् ।
सोमबार नेकपाको काठमाडौं क्षेत्र नम्बर ५ द्वारा आयोजित कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपाका संयोजक प्रचण्डले स्वागत गरेका थिए ।
.jpg)
