नेपाल इंग्ल्यान्डसँग पराजित

नेपाल इंग्ल्यान्डसँग पराजित

images
आइतवार, माघ २६ २०८२
  • काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलाे खेलमा नेपाल इंग्ल्यान्डसँग पराजित भएको छ । 

    भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित भएको हो । 

    जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनमा समेटियो । 

    नेपालका लागि दीपेन्द्र सिह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए र उनले २९ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ४४ रन जोडे । यसैगरी कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९÷३९ रन बनाए भने कुशल भुर्तेलले २९ रन जोडे । 

    आरिफ शेखले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आसिफ शेख सात रनमा आउट भए भने गुल्सन झा एक रनमा आउट भए । 

    बलिङमा इंग्ल्यान्डका लियम डसनले दुई विकेट लिए । 

    त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend