बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको हाइस सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो । गाडी सडकबाट २५० मिटर तल खसेको छ ।
हाइसका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा उनीमात्र सवार थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.jpg)
