टी–२० विश्वकप : आज इङ्ल्यान्डसँग भिड्दै नेपाल

टी–२० विश्वकप : आज इङ्ल्यान्डसँग भिड्दै नेपाल

images
आइतवार, माघ २६ २०८२
  • काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

    भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो ।  यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

    नेपाल र इङ्ल्यान्ड पहिलोपटक  भिड्न लागेका हुन् ।  टी–२० वरियतामा नेपाल  १६औँ स्थानमा रहँदा इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend