काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले उम्मेदवारलाई पार्टीबाट निकालेको छ ।रुपन्देही ३ का उम्मेदवार गोविन्द काराखेती पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकालेर पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधि गरेको भन्दै पार्टीबाट निकालेको जानकारी गराएका छन् ।
उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निश्कासन गरिएको विज्ञप्तिमा भनिएकाे छ ।

.jpg)
