काठमाडाैं । राष्ट्रियसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले प्रस्तुत गरेको उक्त ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।
त्यसअघि बैठकमा प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीका तर्फबाट कानुन मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हाे ।
.jpg)
