काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार पक्राउ गरिएको हो ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रसाईं यसअघि पनि ५ माघमा पोखराबाट पक्राउ परेका थिए । त्यसको भोलिपल्टै उनी हाजिर जमानीमा रिहा भएका थिए ।
.jpg)
