आज पनि घट्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

आज पनि घट्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

images
शुक्रवार, माघ २४ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

    महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७१० कायम भएको छ । 

    बिहीबार सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको थियो । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो । 

    मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कारोबार भएको थियो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend