राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किए

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किए

images
बुधवार, माघ २२ २०८२
  • काठमाडौं । जापानको चार दिने भ्रमण पूरा गरी  राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन पौडेल सोमबार जापान प्रस्थान गरेका थिए ।


    जापान भ्रमणक्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भए । उनले समारोहमा सम्बोधन पनि गरे ।


    त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उनले सम्बोधन गरे । उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरे ।

    नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend