भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा प्रहरीको छापा, १० जना पक्राउ

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा प्रहरीको छापा, १० जना पक्राउ

images
सोमवार, माघ २० २०८२
  • काठमाडौं । नेपाली नक्कली नोट छाप्ने कारखाना भारतमा फेला परेको छ । भारतीय सुरक्षाकर्मीले भारतमा नक्कली नोट छपाई गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई पक्राउ गरेपछि त्यो कारखानाको बारेमा खुलेको हो । 

    भारत बिहार राज्यको सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ)ले गरेको संयुक्त कारबाहीमा नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर नष्ट गरेको भारतीय प्रहरीले जनाएको छ।

    छापा मार्ने क्रममा प्रहरीले २५ लाख नेपाली नक्कली नोट, एक लाख ४० हजार सक्कली नेपाली रुपैयाँ, एक हजार ८५० नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, नोट विशेष सादा २२ बण्डल कागज, रसायन लगायतका सामग्री बरामद गरेको बिहार पुलिसले जनाएको छ। नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र कार पनि बरामद गरिएको छ।

    पक्राउ परेकाहरुलाई हिरासतमा राखेर विस्तृत सोधपुछ भइरहेको र गिरोहका अन्य सदस्य र मुख्य योजनाकारको पहिचान खुल्ने काम भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ। 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend