काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आफ्नो विगतको अर्धसैन्य संरचना व्यूँताउने निर्णय गरेको छ। भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदाता र उम्मेदवारको सुरक्षाका लागि स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।
बैठकले अन्तरपार्टी युवा, विद्यार्थी तथा जेनेरेसन–जेड युवालाई समन्वय गर्न संयन्त्र निर्माण गर्ने र सबै प्रदेशमा कमाण्ड सेन्टर गठन गर्ने निर्णय पनि गरेको छ। प्रत्येक बुथमा ‘एक बुथ सय यूथ’ परिचालन गर्ने निर्णय वाईसीएलले गरेको अध्यक्ष ओलीले बताए ।
वैठकमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र फ्याक्सन ईन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।
.jpg)
