ठुटे सिङ बोकेर एमालेसँग सिंगौरी खेल्न आएका छन् : ओली

ठुटे सिङ बोकेर एमालेसँग सिंगौरी खेल्न आएका छन् : ओली

images
शनिवार, माघ १८ २०८२
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा ५ का आफनो चुनावी प्रतिस्पर्धी बालेन शाहप्रति कडा टिप्पणी गरेका छन् । शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफुसँग चुनावी प्रतिस्पर्धा गर्न आउने बालेन शाहलाई लक्षित गदै ठुटे सिङ बोकेर सिंगौरी खेल्न आएको टिप्पणी गरेका हुन् । 

    बालेनको नाम नलिई ओलीले भने, ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न आएका छन्। आफू के हो, कहाँबाट आएको हो, के गर्न आएको हो, केही थाहा छैन।’

    ओलीले थपे, ‘अण्डा पनि दुई थरीका हुन्छन्ए-उटा साँच्चैको, अर्को बतासे। बतासे अण्डाबाट कहिल्यै चल्ला निस्किँदैन। अहिले यिनले त्यही बतासे अण्डाको खेती गरिरहेका छन्।’

    उनले प्रतिस्पर्धी शक्तिमाथि संगठन, विचार र उद्देश्य केही नभएको आरोप लगाउँदै भने, ‘यिनीसँग न संगठन छ, न विचार छ, न गन्तव्य छ। भोलि उठेर कहाँ पुग्ने हो, आफैंलाई थाहा छैन। फर्केर आउने हो कि होइन, त्यो पनि अनिश्चित छ।’

    ओली अझ चर्को भाषामा प्रस्तुत हुँदै भने,  ‘पुल्ठो झोस्न जान्या छन्, आगो बाल्न जान्या छन्, देश बिगार्न जान्या छन्। भड्काउन, तोडफोड गर्न, लुटपाट गर्न, आगजनी गर्न जान्या छन्। यिनै कुरालाई क्रान्ति भनेर महिमामण्डन गरिरहेका छन्।’

    9828890c-2b73-437a-80c7-36e68d09e7af.jpg

    ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई देश बनाउने कि देश जलाउने शक्तिहरूबीचको निर्णायक भिडन्तको रूपमा व्याख्या गरेका छन्। आफू नेतृत्वको शक्ति ‘देश बनाउने’ अभियानमा रहेको दाबी गर्दै उनले एक इन्च पनि हार स्वीकार्य नहुने चेतावनी दिए।

    ‘यो चुनाव सामान्य प्रतिस्पर्धा होइन। देश जित्ने कि देश हार्ने भन्ने सवाल हो। १६५ वटै क्षेत्रमा देश हार्न हुँदैन। तपाईंहरू देशलाई विजयी बनाउने सैनिक हो।’ ओलीले भने ।  बालेनहरुको शक्तिलाई जनाधार नभएको शक्तिका रुपमा चित्रित गरेर  ‘आकाशे खेती’ को संज्ञा दिँदै ओलीले भने, ‘धर्तीमा, जनतासँग यिनीहरू छैनन्। कहाँबाट कसले चलाइदिएको हो, थाहा छैन। एउटा ह्वीम चलाइएको छ। मोबाइल भन्ने भाँडोबाट होहल्ला मच्चाइएको छ।’

    मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगतर्फ संकेत गर्दै ओलीले भने, ‘हामी पनि मोबाइल चलाउँछौं। तर हामी देशका लागि चलाउँछौं। हामी जनताका बीचमा छौं, जनताका साथमा छौं।’

    अन्त्यमा ओलीले एमालेको लक्ष्य स्पष्ट पार्दै भने, ‘हाम्रो उद्देश्य स्पष्ट छ, देश समृद्ध बनाउने, सुरक्षित बनाउने र जनतालाई सुखी बनाउने। हामी त्यो बाटोबाट एक कदम पनि विचलित हुँदैनौं।’

    90d29585-b456-414c-a881-c66cd09fe69d.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend