यस्तो हुनेछ समानुपातिक तर्फको मतपत्र (नमूना मतपत्रसहित)

यस्तो हुनेछ समानुपातिक तर्फको मतपत्र (नमूना मतपत्रसहित)

समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहितको मतपत्र, सुरुमा सूर्य र अन्तिममा गाई

images
शनिवार, माघ १८ २०८२
  • काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले नमूना मतपत्रमा ५८ राजनीतिक दलका चुनाव चिह्न रहने भन्दै सो अनुसारको नमूना मतपत्र सार्वजनिक गरेको हो । 

    आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फको नमुना मतपत्रमा सबैभन्दा सुरुमा नेकपा एमालेको चुनाव चिन्ह्र सूर्य रहने र अन्तिममा भने गाई चुनाव चिन्ह्र रहेन गरी मतपत्र बनाएको छ । सुरुमा एमालेको चुनाव चिन्ह्र सूर्य राखिएपनि त्यसपछि क्रमशः कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको पाँचकुने तारा, रास्वपाका घण्टी, जसपाको छाता, जनमतको माइकसहितका चुनाव चिह्न राखिएका छन्। 

    समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा नाम दर्ता गराए पनि ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची निर्वाचनमा आयोगमा बुझाएका थिए। 

    बन्दसूची पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्दैछन्। बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चारवटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिन लागेका हुन्। 

    हेर्नुहोस् समानुपातिक तर्फको नमूना मतपत्र

    623367798_10240552431010577_4594280217635652250_n_9M2QQu7bIp.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend