७२ वर्ष पुगे, अझै केही वर्ष सक्रिय हुन्छु : प्रचण्ड

७२ वर्ष पुगे, अझै केही वर्ष सक्रिय हुन्छु : प्रचण्ड

images
शनिवार, माघ १८ २०८२
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु अझै केही वर्ष सक्रिय राजनीतिमा हुने बताएका छन् । सोलखुम्बुको आज काठमाडौंमा भएको चुनावी कार्यक्रमलाइृ सम्बोधन गदै प्रचण्डले आफु ७२ वर्ष पुगेपनि आफुमा अझै पनि केही गर्छु भन्ने जोश र जाँगर रहेको बताएका हुन् ।  ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ ।’ प्रचण्डले भने । 

    प्रचण्ड आफु भने यसपटक रुकुम पूर्वबाट चुनावी मैदानमा छन् । उनले आफूमा अझै केही गर्छु भन्ने जोश र हुटहुटी रहेको बताएका हुन् । 

    फागुन २१को निर्वाचन मुलुकका लागि महत्वपूर्ण रहेको भन्दै प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी चुनावपछि सबैभन्दा ठूलो दल बन्ने अभियानमा रहेको पनि बताए । पार्टी विचार मिल्ने पार्टीहरुबीच एकता गदै अगाडी बढिरहेकोले यो क्रम अझै नरोकिएको प्रचण्डको भनाई थियो । 

    c9349e42-c101-4ba4-9828-118578989195.jpg

    विगतमा सोलुखुम्बुलाई विशेष रुपमा हेरेको भन्दै उनले भविष्यमा पनि हेर्ने आश्वासन दिए ।

    संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको काखको जिल्ला भएकाले सोलुखुम्बुमा कसले जित्छ भनेर संसारको चासो रहेको प्रचण्डले बताए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend