साफ महिला च्याम्पियनसिप फुटबल : उद्घाटनमा बङ्गलादेश र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिप फुटबल : उद्घाटनमा बङ्गलादेश र भुटान भिड्दै

images
शनिवार, माघ १८ २०८२
  • पोखरा । १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज देखि सुरु हुँदैछ । पर्यटकीय राजधानी कास्कीको पोखरामा आजदेखि यो फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । 

    पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज बङ्गलादेश र भुटान अपराह्न १२ः०० बजे भिड्दैछन् । यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग पहिलो खेल खेल्दैछ । नेपाल र भारतको बीचको खेल भने दिउँसो ३ बजे हुनेछन् । 

    साफ महिला फुटबलमा चार देशले सहभागिता जनाएका छन् । नेपाल, भारत, बङ्गलादेश र भुटान यो खेलमा सहभागी छन् ।

    दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ०को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए । 


    प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलको उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन्। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend