५०० किलो गाँजासहित भोजपुरबाट १० जना पक्राउ

५०० किलो गाँजासहित भोजपुरबाट १० जना पक्राउ

images
शुक्रवार, माघ १७ २०८२
  • काठमाडौं । ५ सय किलो गाँजासहित भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट नौ जना पक्राउ परेका छन् । आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना बिहीबार पक्राउ गरिएको हो ।  

    प्रहरीका अनुसार शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए । 

    प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो । 

    पक्राउ परेकाहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend