काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो ।
बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा चालक र सहचालक समेत ‘सामान्य’ घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था ‘मध्यम’ छ । २८ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुको भरतपुर लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
.jpg)
