राष्ट्रपति पौडेल जापान भ्रमणमा जाँदै

राष्ट्रपति पौडेल जापान भ्रमणमा जाँदै

images
बिहिवार, माघ १६ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाने भएका छन् ।

    बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

    नेपाल(जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।
     
    पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही माघ १८ देखि २१ गतेसम्म जापानमा हुने कार्यक्रममा सहभागी हुनेछ ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend