नेप्सेमा सामान्य अंकको सुधार, साढे ११ अर्बकाे काराेबार

नेप्सेमा सामान्य अंकको सुधार, साढे ११ अर्बकाे काराेबार

images
बुधवार, माघ १५ २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सामान्य अंकको सुधार देखिएको छ । 

    बुधबार नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अंकले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भएको हो ।

    आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ ।

    यसदिन बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend