काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । मंगलबार काठमाडौँबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको हाे । महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गतेनै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेकाे थियाे । साेही आधारमा उनलाई पक्राउ गरिएको हाे ।
प्रहरीले पौडेललाई आजै अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिनको म्यादसमेत लिएको छ । उनीविरुद्ध विद्युतीय अपराधको कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
.jpg)
