बालेन, हर्कसहित चार उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

बालेन, हर्कसहित चार उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

images
मंगलवार, माघ १४ २०८२
  • काठमाडौं । आगामी फागुन २१ गतेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका चारजनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

    आयोगले स्पष्टीकरण सोधेका उम्मेदवारमा रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाल रहेका छन् ।

    उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनलगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधिएकाे आयाेगले जनाएकाे छ । बालेन झापा ५, महेश भक्तपुर २, हर्क सुनसरी १ र निकोलस रूपन्देही २ मा उम्मेदवार छन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend