काठमाडौं । नेकपा एमालेले देशका भौगोलिक क्षेत्रका आधारमा चार राजनीतिक शक्तिसँग चुनावी तालमेल गरेको छ । कतिपय तालमेल घोषित छन् भने कतिपय अघोषित तालमेल एमालेले गरेको छ ।
प्रतिस्पर्धी मुख्य पार्टी कांग्रेससँगै मनाङमा उसले चुनावी तालमेल गरेको छ । कांग्रेस उम्मेदवारलाई चुनाव जिताउने गरी त्यहाँ दर्ता गराएको उम्मेदवारी नै एमालेले फिर्ता लिएको छ। एमालेबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङले कांग्रेसका टेकबहादुर गुरुङ लाई चुनाव जिताउनका लागि आफनो उम्मेदवारी फिर्ता लिएका हुन् ।
यो उम्मेदवारी फिर्तामा कांग्रेसले एमालेलाई कहाँ सहयोग गर्ने भन्ने केही खुलेको छैन । तर पनि त्यहाँ कांग्रेस उम्मेदवारलाई अब एमालेले सहयोग गर्नेछ ।
पार्टीका महासचिव शंकर पोखरेललाई चुनाव जिताउन माओवादीबाटै विभाजित भएका दुई शक्तिसँग एमालेले चुनावी गठबन्धन गरेको छ । जनार्दन शर्माको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)सँग एमालेले केही भूगोलमा चुनावी गठबन्धन गरेको छ ।
विप्लवको पार्टीसँग दाङ २ मा एमाले महासचिव शंकर पोखरेललाई विप्लवको पार्टीले सहयोग गर्ने र एमालेले कालिकोटमा विप्लवको पार्टीका उम्मेदवार खड्कबहादुर विश्वकर्मालाई सहयोग गर्ने गरी चुनावी तालमेल एमालेले गरेको छ ।
यसको औपचारिक घोषणा नभएपनि अनौपचारिक रुपमा त्यो खालको सहमति बनिसकेको र त्यसलाई औपचारिक घोषणा सम्भब तभोलिसम्म गर्ने तयारीमा दुई दल लागेका छन् । त्यस्तै रुकमु पूर्व र रुकुम पश्चिममा जनार्दनको पार्टी प्रलोपालाई जिताउने शर्तमा एमालेले आफनो पार्टीका उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाएको छ । त्यहाँ रुकमु पश्चिममा जनार्दन शर्मा र रुकमु पूर्वमा नेपालीक म्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दहाल प्रचण्डका विरुद्द चुनाव लडेका प्रलोपाका सन्दीप पुनलाई एमालेले सहयोग गर्नेछ ।
यसको साटोमा प्रलोपाले एमालेलाई महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ २ सहित कर्णाली र लुम्बिनीका ११ जिल्लामा सहयोग गर्ने गरी औपचारिक गठबन्धनको घोषणा भएको छ ।
त्यस्तै एमालेले परिवार दलसँग पनि चुनावी गठबन्धन गरेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालसँग एमालेले चुनावी गठबन्धनको सहमति गरेको हो । होली वाइन काण्डमा विवादित ढकालसँग एमालेले चुनावी गबठन्धन गरेको हो ।
यो सहित एमालेले अहिलेसम्म भौगोलिक क्षेत्रका आधारमा चार शक्तिसँग चुनावी गठबन्धन गरेको हो ।
त्यस्तै उसले अब पार्टी अध्यक्ष केपी ओलीलाई सहज जित निकाल्न सहयोग पुग्ने गरी झापा ५ मा राप्रपासँग तालमेल गर्ने गरी छलफल समेत चलाएको छ । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सहयोग गर्ने र झापा ५ मा राप्रपाको साथ आफुले लिने गरी एमाले अध्यक्ष केपी ओलीले अनौपचारिक छलफल गरिरहेका छन् ।
अन्य कतिपय भूगोलमा पनि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिनेमा एमाले सहज तयार देखिएको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि बागलुङमा भने एक सिट आफुले र अर्काे सिट राष्ट्रिय जनमोर्चालाई छोड्ने गरी चुनावी गठबन्धन गरेको छ ।
.jpg)
