२०७९ मा भन्दा झण्डै प्रत्यक्षमै एक हजार बढी उम्मेदवार

२०७९ मा भन्दा झण्डै प्रत्यक्षमै एक हजार बढी उम्मेदवार

images
मंगलवार, माघ १४ २०८२
  • काठमाडौं । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा चुनावको प्रत्यक्ष तर्फ गत चुनावमा भन्दा झण्डै एक हजार बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । 
    निर्वाचन आयोगका अनुसार यसपटक कुल प्रत्यक्ष तर्फ ३ हजार ४०६ जना उम्मेदवार छन् । 
    प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रमा सो संख्यामा उम्मेदवार देखिएका हुन् । 

    जवकी गत २०७९ सालमा भएको प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमा कुल २ हजार ४१२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । 

    २०७९ को चुनावमा भन्दा अहिलेको चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्नेको संख्या ९९४ जनाले बढी हो । 

    त्यस्तै २०७९ को चुनावमा भन्दा यो पटकको चुनावमा झण्डै ९ लाख १५ हजार बढी मतदाता छन् । यसपटक ९ लाख १५ हजार ११९ जना मतदाता गत चुनावमा भन्दा बढी छन् । गत चुनाव २०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकामा यो पटक बढेर १ करोड ८९ लाख ३ हजार ६८९ पुगेका छन् ।

    प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा एकै चरणमा गरिँदै छ । गत भदौंको जेनजी आन्दोलनपछि युवा पुस्तामा राजनीतिप्रतिको झुकाब बढेको र नयाँ नयाँ राजनीतिक दलहरु खुल्ने क्रम बढेकोले पनि उम्मेदवारको संख्या गत चुनवामा भन्दा बढेको देखिएको हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend