सर्लाही पुगेर गगन थापाले भने – नागरिकको सेवक हुन यहाँ आएको हुँ

सर्लाही पुगेर गगन थापाले भने – नागरिकको सेवक हुन यहाँ आएको हुँ

images
सोमवार, माघ १३ २०८२
  • (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन् । 

    सोमबार सर्लाही पुगेका सभापति थापाले निर्वाचन क्षेत्र नं ४ का मतदातालाई सम्बोधन गर्दै आफू यहाँका नागरिकको सेवक हुन आएको बताए ।

    ‘अब म यहाँको भाषा, रहनसहन, भेषभुषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो’, उनले भने, ‘म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।’

    काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेशका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेश र मधेशका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए ।

    एक पटक भए पनि मधेशप्रति समर्पित नभई, मधेशमा आफू र आफूमा मधेश नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेश झरेको उनको भनाइ थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend