बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

images
सोमवार, माघ १३ २०८२
  • काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा सचिव चन्द्रकला पौडेललाई नियुक्त गरेको छ । 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । 

    पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए ।

    बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनालाई वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ।

    सुतिखोला जलविद्युत आयोजना, तामाकोसी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिइएको हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend