नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

images
सोमवार, माघ १३ २०८२
  • काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको हो।

    आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबााट योग्य भएका ४२५ जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ।

    प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान कार्यक्रममा कोशी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरेका थिए भने सो प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कोशी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए।

    खत्रीले सिईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरुबीच सम्मान कार्यक्रम सम्पन्न भईसकेको र सोही क्रममा कोशी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए। उनले अन्य प्रदेशहरुमा पनि कार्यक्रम आयोजना गरिने जानकारी दिए।

    उनँले कम्पनीले अभिकर्तामैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभर बाट २ हजारभन्दा बढी अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend