१६ अर्ब कारोबार भएको सेयर बजारमा सामान्य करेक्सन

१६ अर्ब कारोबार भएको सेयर बजारमा सामान्य करेक्सन

images
सोमवार, माघ १३ २०८२
  • काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेकाे छ । 

    आज नेप्से तीन दशमलव ०७ अंकले घटेर दुई हजार ७६९ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । 

    साेमबार ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा रु १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ३६६ बराबरको कारोबार भएको छ । 

    आजको कारोबारमा जलविद्युत्, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको उपसूचक बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend