स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप छनोटबाट बाहिरियो नेपाल

स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप छनोटबाट बाहिरियो नेपाल

images
सोमवार, माघ १३ २०८२
  •  

    काठमाडाैं । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । 

    र्कीतिपुरस्थित त्रिवि मैदानमा साेमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो ।

    जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै  विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।

    त्यस्तै  विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । 

    दुई अंक जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अंकका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend